नियम १५
चोटपटक लागेमा क्षतिपूर्ति
: (१) चियाबगानको कुनै कामदार वा कर्मचारीलाई चियाबगानले तोकेको काम गर्दा गर्दै शरीरमा चोटपटक लागेमा ब्यवस्थापकले त्यस्तो कामदार वा कर्मचारीलाई नेपाल सरकारद्धारा मान्यता प्राप्त चिकित्सकको सिफारिस बमोजिम उपचार गराउनको निमित्त लागेको सम्पूर्ण खर्च क्षतिपूर्ति बापत दिनु पर्नेछ ।
(२) चियाबगानले तोकेको काम गर्दा गर्दै चोटपटक लागेको कामदार वा कर्मचारीले तत्काल काम गर्न नसक्ने भई सचकित्सकको सिफारिस बमोजिम अस्पताल वा घरमा बसी उपचार गराउनु पर्ने भएमा निजलाई उपनियम (१) बमोजिम दिइने क्षतिपूर्तिको अतिरिक्त
अस्पतालमा बसी उपचार गराएको भए सो अवधिको पूरा पारिश्रमिक र घरमा बसी उपचार गराएको भए सो अवधिको आधा पारिश्रमिक समेत व्यवस्थापकले दिनु पर्नेछ । तर एक वर्ष भन्दा बढी अवधिको लागि उपचार गराउनु भर्ने भएमा त्यस्तो बढी अबधिको निमित्त व्यवस्थापकले कुनै
पारिश्रमिक दिनु पर्ने छैन ।